दैलेखमा थप एक कोरोना संक्रमितको मृत्यु

दैलेख : दैलेखमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका-१ का ७५ वर्षीय पुरुष रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।ती पुरूषमा बैशाख १४ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे उनको मृत्यु भएको कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।दैलेखमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५४ जना रहेको छ। हालसम्म सातजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।