बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीको आधारमा कोलीको खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घ