बैतडी : पञ्चेश्वर गाउँपालिका ४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ। मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन्।किटानी जाहेरीको आधारमा ती व्यक्तीको खोजी कार्य तिव्र पारिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्य