प्रविधिले बदलियो शिक्षण विधि

बागलुङ । अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् । बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यमिक विद्यालय तित्याङमा गतवर्षदेखि प्रत्येक कक्षा कोठामा स्मार्ट टिभी जडान गरेर ल्यापटपको माध्यमबाट शिक्षण सिकाइ थालिएको थियो । यस वर्ष सिगाना माध्यमिक विद्यालय लामिचौरमा समेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा विद्यालका सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ । कक्षा ६ देखि १० सम्मका पाँचओटा कक्षा कोठामा ५५ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्य सामग्री स्मार्ट टिभीमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामा समेत पढाउन सक्ने व्यवस्था मिलाइएको सिगाना माध्यमिक विद्यालय लामिचौरका प्रधानाध्यापक चन्द्र्र मल्लले बताए । ल्यापटपबाट विद्यार्थी पढाउन शिक्षकले तालीम पनि लिइरहेको उनले जानकारी दिए । ‘केही शिक्षकले मात्र ल्यापटप चलाउन जान्नुहुन्छ, उहाँहरूले अहिले दिनको एउटा कक्षा प्रविधिको प्रयोगबाट लिइरहनुभएको छ, अन्य शिक्षकले ल्यापटप चलाउन सिक्दै हुनुहुन्छ, एक शिक्षकले अर्को शिक्षकलाई समेत सिकाउनुभएको छ,’ मल्लले भने । कम्तीमा दैनिक दुई पिरियड डिजिटल माध्यमबाट अध्यापन गराउने लक्ष्य राखिएको छ । नगरपालिकाको आठ लाख रुपैयाँबाट विद्यालयको सिकाइ योजना प्रविधिमैत्री बनाइएको हो । अहिले ५५ इन्चको पाँचओटा स्मार्ट टिभी र आठओटा ल्यापटप खरीद गरेर विद्यालयमा प्रविधिको माध्यमबाट सिकाइ कार्यको शुभारम्भ गरिएको हो । विद्यार्थीको संख्याभन्दा शैक्षिक गुणस्तर बढाउनेतर्फ विद्यालयको ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले बताए । विद्यालयमा हाल एक सय ४६ विद्यार्थी छन् । ‘बसाइँसराइले विद्यार्थी क्रमशः घट्दै छन्, तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौं,’ अध्यक्ष थापाले भने । यहाँ अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई थप आकर्षित गर्न नगरपालिकाको सहयोगमा एक शिक्षक एक ल्यापटप र कक्षाकोठामा स्मार्ट टिभी जडान गरिएको छ । रासस

सम्बन्धित सामग्री

किष्ट शिक्षण अस्पतालले गर्‍यो पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं । ललितपुरमा रहेको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि कलेजो (अङ्ग) ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका–६ का दम्पती हुन् । किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो । नेपालमा प्राइभेट अस्पतालहरु मध्ये […]

आयुर्वेद शिक्षण अस्पतालमा वृक्षारोपण

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।...

शिक्षण सिकाइः हेड, हार्ट र ह्यान्डको फ्युजन

शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षा प्राप्त गर्न गुरुको कलात्मक शिक्षण तथा सिकाइ कलाको आवश्यकता पर्दछ । शिक्षण सिकाइ कला हो, सीप हो । कला एकै प्रकारको नहुन सक्छ । जसरी शिक्षण गर्ने गुरु र सिक्ने विद्यार्थी फरक फरक, क्षमता, दक्षता एवं प्रतिभाका हुन्छन्, त्यसैगरी शिक्षण सिकाइमा पनि एकरुपता हुँदैन । शिक्षण सिकाइलाई विभिन्न […] The post शिक्षण सिकाइः हेड, हार्ट र ह्यान्डको फ्युजन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदुरपश्चिममा यातायात र शिक्षण संस्था बन्द

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक -एसपी_ प्रवीण धितालले आज बिहानैदेखि लामो दुरीका सवारी साधन चल्न नसकेको बताए । उनका अनुसार कैलाली, […]

शिक्षण संस्थाको अनुगमन गर्न उपसमिति गठन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन/निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ । ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिक २०५९’ बमोजिम समिति गठन गरिएको मन्त्रालयले जनाएको छ […]

मोइनको शिक्षण मोह

१३ मंसिर, काठमाडौं । विद्यार्थीलाई पढाउँदै कथा खोज्न सिन्धुपाल्चोक पुगेका मोइन उद्दिन अहिले शिक्षण पेशाको विकल्प सोच्न नसक्ने भएका छन् । टिच फर नेपालको फेलोसिपमा सिन्धुपाल्चोकको तालमाराङस्थित तेर्से माध्यमिक विद्यालयमा उनी शिक्षकको रूपमा तीन वर्षअघि पुगेका थिए । त्यसबेला शिक्षण पेशा उनको पहिलो रोजाइ थिएन । उनलाई आवश्यकताले जागिर खानुपर्ने बाध्यता थियो । जागिर खाँदै […]

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पतालमा

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। उनी आज विहान नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल गएकी हुन्। नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पताल गएको राष्ट्रपतिका संचार विज्ञ...

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा

राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएकी छन् ।  मंगलवार बिहान ९ बजे शीतलनिवासबाट शिक्षण अस्पतालमा गएकी हुन् ।

नेपालगञ्जमा एक साताका लागि सबै शिक्षण संस्था बन्द

काठमाडौं। कोरोनाको संक्रमण बढ्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले एक साताका लागि सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। “कोरोनाको सङ्क्रमण बढ्न थालेको छ, त्यसैले शिक्षण संस्था बन्द गर्ने निर्णयमा पुग्यौं,” उपप्रमुख उमा थापा मगरले देखापढीसँग भनिन्, “मास्क अनिवार्य लगाउनुपर्ने, जमुनाह नाकाबाट आउनेहरूलाई एन्जिेटन परीक्षण गर्ने र मापदण्डमा कडाइ गर्छौं।”

भीमादका शिक्षण संस्था बन्द नहुने

केन्द्र सरकारले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरे पनि तनहुँको एउटा पालिकामा भने खुल्ने भएका छन्