रामेछाप – रामेछापको मन्थलीमा तामोकोसी नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन भइरहेको छ । मन्थली नगरपालिका–१ सुकाजोर खोलामा सञ्चालित मन्थली रोडा ढुङ्गा उद्योग प्रालीले क्रसर उद्योगलाई चाहिने कच्चा सामग्री झिक्नका लागि कोसीकाे धार नै परिवर्तन गरेको हो ।
क्रसर व्यवसायीले कानुन विपरीत ठूल्ठूला डोजर चलाएर ढुङ्गा, बालुवा र गिट्टी निकालिरहेका छन् । कोसीमा ठूला डोजर लगाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि कानुन विपरीत जनप्रतिनिधिहरूको मिलेमतोमा क्रसर व्यवसायीले जथाभाबी नदी दोह...