विमान दुर्घटनाको वास्तविक विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा

काठमाडौं : काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दु:खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीले लिए विमान दुर्घटनाबारे गृहमन्त्री र पर्यटनमन्त्रीसँग ब्रिफिङ

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले  सौर्य एयरको विमान दुर्घटनाका बारेमा जानकारी लिएका छन् ।  बुधबार विमान दुर्घटना भएपछि घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर ...

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जाँदै

९ साउन, काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् । बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो …