काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले अराजक प्रवृति नियन्त्रण गर्न संसद्, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार आसपासका फुटपाथमा हिँड्न रोक लगाइएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको मनसाय नागरिकलाई दुःख दिने नरहेको बताएका हुन् । […]