जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको […]