सामान्यतः बाघले जनावरलाई मात्रै आक्रमण गर्छ । तर, आपत्कालीन अवस्थामा मान्छेमाथि समेत आइलाग्न सक्छ । ‘हिँडिरहेका बेला बाघले मान्छेलाई क्षति पुर्याएको घटना अति न्यून छ’, सूचना अधिकारी तिवारीले भने । धेरैजसो घटना हेर्दा निहुरिएर दाउरा सँगालिरहेका, माछा, निगुरो टिपिरहेका, पिसाब फेरिरहेका मान्छे बाघको आक्रमणमा परेको उनको भनाइ छ ।