दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् भने यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र) बाट ५ हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी ४ हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ । तस्वीर : रासस