गुल्मीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धुर्कोटबाट सदरमुकाम आउँदै गरेको भे१ च १९४३ नम्बरको जीपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प७०८२ नम्बरको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिँदा मोट्साइकल चालक तानसेन नगरपालिका १४ का अन्दाजी ३१ बर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।