सोमबार लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडिको सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक हिलाम्मे बन्न पुग्यो । सडकमा सवारी र पैदलयात्रुले सास्ती खेप्नुपरेको थियो । खानेपानीको पाइप किन फुट्यो भन्ने हालसम्म पत्ता नलागेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइका निर्देशक राजेन्द्र सापकोटाले रातोपाटीलाई जानकारी दिए । पाइपमा बाहिरबाट कुनै चिज ठोक्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । गएराति पाइप फुटेको ठाउँ खोलेर हेर्दा पाइपको केही भाग टुक्रिएर उछिट्टिएको