संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यङ्ग्य गरेको तीज गीत ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ ल्याएका छन् । संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको, जनता भोक/रोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शेयर गर्ने गरेको जस्ता सामाजिक/राजनीतिक सन्दर्भहरूलाई गीतमा सशक्त ढंगले उठाउन गरिएको छ । स