एचआर सोलुसनको इजाजत रद्द

वैदेशिक रोजगार विभागले युरो एसिया एचआर सोलुसन (म्यानपावर) कम्पनीको इजाजत रद्द गरी सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । युवालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको पाइएपछि विभागले उक्त म्यानपावर कम्पनीको इजाजत रद्द गरी सञ्चालकविरुद्ध मुुद्दा दायर गरेको हो ।

सम्बन्धित सामग्री

अमेरिका र यूरोप पठाउने भन्दै तीन करोड ८२ लाख ठगी, विस एचआर सोलुसनको इजाजत रद्द

वैदेशिक रोजगार विभागले अमेरिका, जापान, कतार र यूरोपका विभिन्न मुलुक (पोल्याण्ड, क्रोएसिया) मा पठाइदिन्छु भन्दै ठगी गर्ने विस एचआर सोलुसन प्रालिको इजाजत रद्द गरेको छ । विभागले म्यानपावरका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । उनीहरुले सरिता भुजेल […]