बैतडी : नेपाली कांग्रेस बैतडीले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बिशाल आमसभाको आयोजना गरेको छ। बिहीबार शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको उक्त आमसभालाई नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेयले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त आमसभामा तल्लोस्वराडका शिवनाथ, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिकाकालगायतका नागरिकको उपस्थिति रहने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए। स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आमसभा आयोज