उद्धार गरिएका बाघ व्यवस्थापनमा चुनौतीः ३ वटा बाघलाई बरण्डाभार वनमा सारिँदै

उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो।...

सम्बन्धित सामग्री

सहर पस्न थाले बाघ

बाघको सङ्ख्या बढेसँगै यसको व्यवस्थापनमा चुनौती देखिएको छ । सङ्ख्या वृद्धिसँगै संरक्षित क्षेत्रमा बाघ व्यवस्थापन हुन नसक्दा मानव बस्तीमा प्रवेश गर्ने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्ने चुनौती बढेको छ । भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई नारायणगढ बजारसँगै रहेको नारायणी नदीकिनारमा आक्रमण गर्ने बाघलाई आइतबार साँझ उद्धार गरी सौराहामा राखिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार करिब पाँच वर्षको सो बाघलाई उद्धार गरिएको हो । “बाघ निकुञ्ज आसपासका मानव बस्तीमा आउने जाने त भइरहन्छ तर अहिले मान्छे र घरपालुवा जनावरलाई आक्रमण गर्नु दुःखद हो,” उहाँले भन्नुभयो ।