‘भिजिट भिसा’ ले बढायो यूएईमा मानव तस्करी

यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदार भर्ना गरिरहँदा पनि नेपाल सरकारले आश्चर्यलाग्दो मौनता साधिरहेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेको छ । सरकारले भने त्यस्ता काममा संलग्नमाथि कारबाही नगरी प्रतिबन्धको पुरानै नीति अख्तियार गरेको छ ।

सम्बन्धित सामग्री

नेपालमा कडाइपछि भारतबाट मानव तस्करी

नेपालमा भिजिट भिसामा विदेश जान कडाइ भएपछि भारत हुँदै विभिन्न देश पठाउन थालिएको छ । भारत हुँदै कम्बोडिया पुगेका तीन नेपालीलाई त्यहाँको अध्यागमनले शंका लागेपछि गत मंगलबार विमानस्थलबाटै फर्काइदिएपछि यसको रहस्य खुलेको...

मानव तस्करी नियन्त्रण

गरिबी, अशिक्षा तथा अनेक कारण कतिपय नेपाली बेला–बेलामा विभिन्न किसिमका बेइमानीका सिकार हुने गरेका छन्। यस्तै बेइमानीका आवरणमा मानव तस्करीको नयाँ रूप देखापरेको छ। मानव तस्करी धन्दा अहिले फस्टाएको छ। केही मानव तस्करहरूको मुख्य पेसा नै विदेशमा नेपालीलाई छलछाम गरेर पठाउनु रहेको छ। मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध फस्टाउनु निश्चित रूपमा सबैका लागि चिन्ताको विषय हो। सरकारका लागि गम्भीर चुनौती हो र यसले दीर्घकालमा समाजमा डरलाग्दो अवस्था सिर्जना गर्नेछ।

कम्बोडियामा मानव तस्करी : चिनियाँ कल सेन्टरमा चार सय नेपाली युवा

कम्बोडियामा भिजिट भिसामा रोजगारीका लागि पछिल्लो आठ महिनामा चार सयभन्दा बढी नेपाली पुर्‍याइएका छन् । मानव तस्करी समूहले त्यसरी पुर्‍याइएकामध्ये अधिकांश त्यहाँ समस्यामा परेका छन् । केहीको हालै उद्धार गरिएको छ भने...

मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ

काठमाडौँ– मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् । उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्‍याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय […]

अझै रोकिएन सीमा क्षेत्रबाट मानव तस्करी

वीरगन्ज नाकाबाट मानव तस्कहरुले अझैपनि कुनै न कुनै नाउमा किशोरी सहित युवतीहरुको तस्करी गर्ने गरेको पाइएको छ ।

भिजिट भिसा कि मानव तस्करी ?

पछिल्लो समय भिजिट भिसाका नाममा रोजगारीको प्रलोभन देखाएर मानव तस्करी भइरहेको गृह मन्त्रालयकै एक अध्ययनले औँल्याएको छ ।

ह्विलचेयरमा बसेर मानव तस्करी

चिनजानका कमल बस्नेतमार्फत लमजुङकी २५ वर्षीया कल्पना गुरुङ (नाम परिवर्तन) बाग्लुङ गाल्कोट नगरपालिका– ४ का ४४ वर्षीय राजेन्द्र खड्काको सम्पर्कमा पुगिन् । कल्पना रोजगारीको खोजीमा थिइन्, राजेन्द्र आकर्षक तलबको अवसर आएको...

प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण

विराटनगर / प्रदेश १ मा मानव तस्करीका घटना कम हुँदै गइरहेका छन् । महिला तथा बालिकालाई सीमा कटाएर अर्को मुलुक पुर्याउने गरिएका घटनालाई नियन्त्रणमा लिन सुरक्षा निकाय सफल भएका छन् । विभिन्न अध्ययन एवं अनुसन्धानबाट प्रदेशमा केही समय अघिसम्म धेरै हुने गरेका मानव तस्करी, ओसारपसार एवं बेचबिखनका घटना अहिले आएर कम भइरहेको पुष्टि हुन्छ ।... The post प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण appeared first on Purbeli News.

प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै

विराटनगर / प्रदेश १ मा भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लामध्ये सुनसरीबाट मानव तस्करी एवं ओसारपसारका घटना धेरै हुने गरेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको चालु आर्थिक वर्षको अहिलेसम्मको अभिलेख अनुसार सुनसरीका विभिन्न नाकाको प्रयोग गरेर मानव तस्करी एवं बेचबिखनका घटना धेरै भएका हुन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म प्रदेश १ मा... The post प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै appeared first on Purbeli News.