घट्यो कारोबार रकम

काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से)मा आज पछिल्लो दुई महिना यताकै न्यून कारोबार भएको छ। नेप्सेमा आज जम्मा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। हिजो सोमबार नेप्सेमा चारअर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो। जुन आजभन्दा ३६ करोड रुपैयाँले बढी हो। केही समयअघि नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएपनि अहिले बिस्तारै कारोबार रकम खुम्चिँदै गएको छ।

सम्बन्धित सामग्री

सेयर बजारका सबै समूह रातो, कारोबार रकम ४५ प्रतिशतले घट्यो

यस दिन कारोबार रकममा भने ठूलो गिरावट आएको छ। हिजोको तुलनामा ४५ प्रतिशतले कारोबार रकम खुम्चिएको छ।

नेप्से र कारोबार रकम दुवैमा ओरालो

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।...

बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड

काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोडसहित कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको छ । महालेखा परीक्षक टंकमणि शर्माले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८औं प्रतिवेदनका अनुसार यो बेरुजु रकम गत वर्षभन्दा शून्य दशमलव १३ प्रतिशतले बढेको देखिएको छ । प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु-याई कारोबार गरेको […] The post बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रकम भुक्तानीमा अनियमितताको आरोप

ठाकुरबाबा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा बाटो निर्माण गरेको रकम ससर्त अनुदानबाट भुक्तानी गरेको देखिन्छ। २ सय ४८ दिन काम गराएर भुक्तानी गर्नुपर्ने रकम एक सय जनालाई हाजिर मात्रै गराएर भुक्तानी गरेको स्रोतको दाबी छ।...

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

बढ्यो कारोबार रकम

काठमाडौं। आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम बढेको छ। हिजो बुधबार ५ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेमा आज ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको हो। पछिल्लो समय कारोबार रकम निरन्तर ओरालो लाग्ने क्रममा हिजो ६ अर्ब रुपैयाँबाट घटेपनि आज फेरि सुधारिएको नेप्सेले बताएको छ।

खुम्चिँदै नेप्सेको कारोबार रकम

काठकाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम खुम्चिन थालेको छ। यो साता नेप्सेमा हुने सेयर कारोबार रकम निरन्तर खुम्एिको हो। जेठ महिनाको ३० गते नेप्सेमा एकै दिन १९ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो। त्यसयता निरन्तर ओरालो लागेको कारोबार रकम हिजो अर्थात् असार १० सम्म आइपुग्दा ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित बनेको छ।

सेयर बजारमा घट्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार ५३ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार रकम घटेको छ। १७ अर्ब रुपैयाँ बराबर सम्मको कारोबार भएको सेयर बजारमा आज जम्मा ८ अर्ब रपैयाँको कारोबार भएको छ। पछिल्लो डेढ महिनायता बजारमा एक दिनमा १० अर्बभन्दा कमको कारोबार भएको थिएन्। हिजो मंगलबार १० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा घट्यो कारोबार रकम

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार कारोबार रकम खुम्चिएको छ। १.२९ अंकले मात्रै घटेको बजारमा जम्मा १० अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ। जबकी हिजो ५२ अंकले घट्दा नेप्सेमा १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। जुन आजकोभन्दा ४ अर्ब १० करोड बढी हो।

नेप्सेमा ६.३७ अंकको वृद्धि, कारोबार रकम उत्साहजनक

६ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज ६.३७ अंकको वृद्धि भएको छ । वृद्धि सामान्य भए पनि कारोबार रकम भने आज पनि उत्साहजनक देखिएको छ । साताको अन्तिम कारोबार दिन बैंक, विकास बैंक, वित्त, अन्य र म्यूचअल फण्ड परिसूचकमात्र हरियो रहे । अन्य परिसूचक भने घटेका छन् । यद्यपि समग्र नेप्सेमा भने वृद्धि […]