बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । ७० वर्षका शाह केही दिन अगाडि अस्पताल भर्ना भएका हुन् । अभिनेतालाई फोक्सो तथा निमोनियाको समस्या देखिएको छ । यसअगाडि पनि कयौं पटक शाहको स्वास्थ्य अवस्थाबारे यस्तै समाचार बाहिर आएको थियो । तर, ती खबर सबै झुटो साबित भएका थिए । अहिले भने खबर साँचो भएको शाहका म्यानेजरले बताएका छन् ।म्यानेजरले भने– ‘शाहलाई दुई दिनदेखि अस्पताल भर्ना गरिएको छ । उनी डाक्टरको निगरानीमा रहेका छन् । निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो । अहिले फो