प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुमा आइतबारदेखि खास बहस सुरु भएको छ। त्यो भन्दा अघि पनि बहस त भएको थियो तर त्यो चाहिँ पाँच न्यायाधीशवाला संवैधानिक इजलासले हेर्ने कि त्योभन्दा बढी न्यायाधीशवाला बृहद् पूर्ण इजलासले हेर्ने भन्नेमा। अहिले आएर बल्ल विषयमा प्रवेश गरी बहस हुन थालेको छ। प्रतिनिधि सभा विघटन भएको त एक महिना नाघिसक्यो, अब [...]