नेपाली कांग्रेसले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको प्रतिनिधि सभा विघटन बदरको फैसला विवेकपूर्ण भएको जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसला लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा फर्काउने कदम भएको बताएका हुन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला १ लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा फर्काउने कदम,’ उनले ट्वीटरमा लेखेका छन्, ‘केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग ग...