धरापमा विश्व व्यवस्था

कसैलाई थाहा छैन युक्रेनमाथि रुसको सैन्य हस्तक्षेपले सुरु भएको युद्ध कहिले र कुन रूपमा समाप्त हुन्छ । युद्धकै बीच तीन पटक दुवै देशबीच निकासका लागि वार्ता भइसकेको छ तर कुनै पनि पक्षले आफ्नो अडानबाट पछाडि हट्ने सङ्केत देखाएको छैन, सहमतिका लागि इजरायल, टर्की, भारत, चीनलगायतका देशबाट पहल भएको छ तर इतिहास, अर्काको क्षेत्र हडप्ने कुत्सित मनसाय र सुरक्षाका लागि अर्काको सहारा खोज्ने सेरोफेरोमा सुरु भएको युद्धले जति ढिलो हुँदै गयो परिदृश्य अर्कै भएर विश्व व्यवस्था खल्बलिने र चौतर्फी सुरक्षा जोखिम बढाउने स्पष्ट छ । केही हप्तादेखि नै युक्रेन रुस सीमा क्षेत्रमा जुन प्रकारको गतिविधि भइरहेको थियो त्यसका आधारमा अनुमान गरिँदै थियो उसले चाँडै नै युक्रेनमाथि आक्रमण गर्ने छ । सन् २०२२ फेबु्रअरी २४ को बिहान जब रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा पूर्ण सैन्य शक्तिसाथ हमला सुरु गरेको घोषणा गरे पश्चिमा देशहरूको अनुमान सत्यमा परिणत भयो । त्यसअघि पुटिनले सीमा नजिक र बेलारुसमा आफ्नो ठूलो स्तरको सैन्य बन्दोबस्तीलाई अभ्यासको जामा पहि¥याएर संसारलाई झुक्याउने कोसिस नगरेका होइनन् तर पत्याएको कसैले पनि थिएन ।

सम्बन्धित सामग्री

अमेरिका घेर्ने गठबन्धनमा छन् चीन, इरान, रूस र उत्तरकोरिया

मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गत साता प्रतिवेदन सार्वजनिक गर्दै सन् १९४८ पछिको विश्व व्यवस्था धरापमा रहेको बताएको थियो। विश्वका केही शक्तिराष्ट्रका हठका कारण दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थामा जोखिम थपिएको उसको प्रतिवेदनमा उल्लेख छ। …