काठमाडौं : आज दिउँसो काठमाडौं उपत्यकासहित केही भेगमा हल्का पानी परेको छ। अहिले पनि मेघगर्जनसहित केही क्षेत्रमा छिटपुटदेखि हल्कापानी परिरहेको जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं, ललितपुर, पाल्पा र दाङका केही स्थानमा पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार देशका केही भेगहरुमा आज असिना पानीसमेत परेको छ।आज बिहान कोशी र मधेश प्रदेशका केही स्थानमा पनि पानी परेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात भइरहेको छ। पश्चिम
देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ।
सिमकोट- हुम्लाकाे नाम्खा गाउँपालिका- ५ को हिल्सालगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। शनिवार बिहानैबाट मौसम बिग्रिएसँगै उच्च क्षेत्रमा हिमपात सुरु भएको हो। सशस्त्र प्रहरीको हिल्सामा स्थापना भएको सिमा सुरक्षा सशस्त्र प्रहरी बल (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले एक्कासी मौसममा आएको खराबको कारण हिमपात सुरु भएको बताए। हिल्साभन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भइरहेको छ […]
काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली भेगमा केही ठाउँमा हिमपात हुने सम्भवना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा
आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा...
काठमाडौं, २१ माघ । देशभर आज वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र पहाडी जिल्लामा वर्षा भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ । आज काठमाडौं उपत्यकाको आसपासका डाँडाहरुमा पनि हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा २४ घन्टामा […]
काठमाडौं – मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । देशभरी बदली गराई वर्षा र हिमपात गराएको प्रणाली कमजोर भए पनि फेरि अर्को प्रणाली आउनेक्रम चलिरहेकाले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न अझै केही समय लाग्ने देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव […]
काठमाडौं : काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा शुरु भएको छ। उच्च पहाडी भागमा भने हिमपात शुरु भएको छ। बुधवार बिहानबाट चन्द्रगिरिमा हिउँ पर्न शुरु भएको छ।
काठमाडौं वरपरका डाँडामा पनि हल्का हिमपात हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ। हरेक वर्ष चन्द्रगिरिलगायत काठमाडौं वरपरका डाँडमा हिमपात भएसँग मानिसहरु हिउँ खेल्न पुग्ने…