एन्फा विदेश विभाग प्रमुखमा पाण्डे नियुक्त

नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष मनोनीतसँगै विदेश विभाग प्रमुख नियुक्त गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फाको पहिलो कार्यसमिति बैठकले  विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको हो । सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन

अखिल नेपाल फुटबल संघ(एन्फा) का विदेश विभाग प्रमुख नविन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दर्ता गरेका छन् । एन्फाले विधान विपरित श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको उनीहरुको आरोप छ । पाण्डे जर्मन नागरिक हुन् ।‘एन्फाको ०७९ जेठ ८ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको (नियम पुरा नगरी बोलाइएको बैठक)  पहिलो बैठकको निर्णय नम्बर १ मा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई नियुक्त गरिएको छ । यो निर्णय &nb

एन्फाको विदेश विभाग प्रमुखमा नवीन पाण्डे मनोनित

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई मनोनित गरेको छ । बुधबार बसेको एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले उनलाई विदेश विभाग प्रमुखमा मनोनित गरेको हो । यसअघि उनी कर्मा छिरिङ शेर्पा नेतृत्वको एन्फामा पनि विदेश विभाग प्रमुख र अध्यक्षका प्रमुख सल्लाहकार बनेका थिए । तर गैरआवासीय नेपालीलाई मनोनित […]