काठमाडौंको सोह्रखुट्टेमा अत्याधिक धूवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । अत्याधिक धूवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बुधवार बिहान सोह्रखुट्टेमा ४० सव