नेपाली काँग्रेसका नेता एनपी साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (पुरानो वन्यजन्तु आरक्ष) बाट विस्थापितहरुको समस्या समाधान गर्ने आश्वासन दिएका छन्। मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा नेता साउदले नयाँ आयोग गठन गरेर समस्या समाधान गरिने बताएका हुन्। ‘जति पनि शिविर छन्, शिविरका लागि कार्यक्रम ल्याउँछौं । आरक्षको समस्या हामी समाधान गर्छौं। आरक्षको आयोग हामी गठन गर्छौं। यही सरकारले गठन गर्छ,’ उनले भने, ‘आरक्ष आयोग गठन गरेर सरकारले समस्या समाधान गर्छ।’ &nb