नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए । देशमा संघीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देशभित्र र बाहिरका तत्त्व निर्वाचन समयमा हन नदिन लागि परेको बताए । शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयम