२० वैशाख, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले मोरङका अग्रज पत्रकारलाई सम्मान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधवार मोरङका १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो । दुई दशक भन्दा बढी समय पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारलाई सम्मान गरेको महासंघ मोरङ अध्यक्ष सञ्जिव खनालले जानकारी दिए । […]