प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री ओलीले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका छन् । प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले […]