कालिकोटमा नेपाली काँग्रेसको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अम्म शाही चयन भएका छन् । संस्थापन पक्ष र इतरपक्षबीचको छलफलपछि शाहीलाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरिएको हो ।उसो त कालिकोट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको गृहजिल्ला हो । पौडेल पक्षका उनको कालिकोटमा राम्रो छाप छ । सर्वसम्मत रुपमा नेतृत्व चयनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।जिल्ला सभापतिमा आकांक्षी एक नेताले रातोपाटीलाई भने, ‘हामीले गुट–उपगुटको राजनीतिभन्दा पनि नेपाली काँग्रेसलाई शुद