लोकतन्त्र केवल शासनको स्वरूप मात्र होइन, समाजको एक व्यवस्था र संस्कार समेत हो । पच्चीस सय वर्षदेखि यसबारे काफी बहस हुँदै आएको छ । प्राचीन ग्रीसमा लोकतन्त्रको आविष्कार भएपछि निरन्तर रूपमा एउटा राजनीतिक व्यवस्था र शासन प्रणालीको रूपमा यसको विकास र विस्तार हुँदै गएको छ । त्यहाँको सानो अभ्यासबाट आज यो प्रणालीले प्रत्येक महादेश र मानवजा…