दुध उत्पादकका पीडा

मुलुकको आर्थिक समृद्धिमा कृषि क्षेत्रको दिगो विकास आवश्यक भएको सरकारले ठहर गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेटमा विशेष घोषणा ग¥यो । कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्यसाथ सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि

सम्बन्धित सामग्री

दुध किसानको भुक्तानी असार मसान्तमा हुने

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुध किसानको बक्यौता रकम असार मसान्तभित्र भुक्तानी हुने बताउनुभएको छ । किसानले धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरिरहेका बेला दुधबापतको भुक्तानी नपाएकोमा पीडा बोध भएको बताउँदै उहाँले असार मसान्तभित्र किसानको बक्यौता रकम भुक्तानी गराउन आफ्नो पहल हुने बताउनुभयो । असार १५ को उपलक्ष्यमा नेपाल डेरी एसोसिएसनले शुक्रबार आयोजना गरेको दही चिउरा खाने एवं पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मेरो प्रयास पूरै रकम भुक्तानी गराउनु नै हो तर सबै नभए पनि ८० प्रतिशत रकम जसरी पनि भुक्तानी गराउने छौँ ।”

किसान पीडा सुन्दैन सरकार, दलको भने मिल्दै छ चोचो मोचो

मकवानपुर । विगत ६ महिनादेखि दुधको पैसा भुक्तानी नभएपछि दुग्ध उत्पादक किसान सडकमा प्रदर्शनी गर्न बाध्य भएका छन् । तर, यसको सम्बोधन सरकारबाट हुन सकेको छैन । बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा झन्डै ६ हजार किसानले राजमार्ग नै अवरुद्ध गराए । दुध किसानको मागलाई सरकारले बेवास्ता गरेको भन्दै मकवानपुरमा किसानले चर्का नारासहित राजमार्ग बन्द गराइरहँदा […] The post किसान पीडा सुन्दैन सरकार, दलको भने मिल्दै छ चोचो मोचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पशुपालकको पीडा : दैनिक खर्च ९ हजार, आम्दानी सात हजार

दाङ :  घोराही उपमहानगरपालिका ३ का कुलराज बुढाथोकीले  व्यावसायिक भैँसीपालन गर्न लागेको पाँच वर्ष हुन लाग्यो।उनले यो व्यवसायमा करिब डढे करोडको लगानी गरेका छन्। उनको फर्ममा अहिले ५० वटा  भैँसी छन्, भने दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुन्छ। उनका अनुसार केही अघिसम्म दैनिक २५० लिटरसम्म दूध उत्पादन हुन्थ्यो। अहिले केही  भैँसी गाँभिना हुँदा दूध  उत्पादनमा कम भएको हो। उत्पादन भएको सबै दुध डेरीमा बिक्री हुने भए पनि उचित मूल्य नपाउने उनी बताउँछन्। ‘हिजो डिजलको मूल

महिनावारी पीडा : संस्कार र धर्मका नाममा हामी चुप !

“धारा परै, दुध दही परै, परै राख्दा गोठ, छाउ हुनु पाप हो मान्या, कति लाग्दी चोट ।” दैलेखको आठबीस नगरपालिका–५ गोर्खीकी नन्दा बडुवालले महिनावारी (छाउ) हुँदा आफूले भोगेको समस्या गीतमार्फत यसरी पोख्नुभयो । उहाँको गीतले भनेका कुरा सहजै बुझिन्छन् । ‘पहिले पहिले महिनावारी मात्रै होइन, सुत्केरी भएको...