मोरङ व्यापार संघद्वारा जोगवनी नाकाबाट निकासी पैठारी तत्काल सुचारु गर्न परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र

पुस २६, विराटनगर । मोरङ व्यापार संघले परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  सोमवार मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्व अध्यक्ष महेश जाजूले परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटी विराटनगर जोगवनी नाकाबाट भइरहेको निकासी पैठारी तत्काल सुचारु गर्न ज्ञापनपत्र बुझाएका हुन् । जोगवनी नाकाभन्दा ४ किलोमिटर दक्षिणपश्चिममा रहेको मिरगञ्जमा फलामे पुल भासिदा पाँच दिनदेखि भारतलगायत तेश्रो मुलुकबाट आएका सामान तथा औद्योगिक कच्चा पदार्थ आउन सकेको छैन भने नेपालबाट भारतलगायत अन्य मुलुक जाने सामान निकासी हुन सकेको छैन ।  जसका कारण अर्बाैं रुपैयाँको मालसामान गाडीमा नै सडकमा लामबद्ध भएर अलपत्र परेका छन् । ज्ञापनपत्रमा भारत सहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारी साधनहरुका लागि हाल भारतको भीमनगर–भन्टाबारी भन्सार नाकासहित अररिया जिल्लाको अररिया – कुर्सा कांटा – जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा सञ्चालनमा ल्याउन अनुमति दिनु पर्ने, जिर्ण अवस्थाको मीरगञ्ज पुलको तत्कालै मर्मत गर्नुपर्ने उल्लेख छ । ज्ञापनपत्रमा समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन नयाँ पुलको निर्माण कार्य यथाशिध्र सम्पन्न गराउनु पर्ने तथा तत्कालिक रुपले सो नयाँ पुलको एक लेन भएपनि सञ्चालनमा ल्याउनु पर्ने आदि सुझाव एवं माग राखी मालवाहक सवारी साधनहरुको आवागमन सुचारु गर्न माग गरिएको छ ।  परराष्ट्र मन्त्री खड्काले विराटनगर जोगवनी नाकाबाट हुने निकासी पैठारी पूर्ववत : सञ्चालनका लागि आफुले भारत सरकारसँग कुरा राख्ने आश्वासन दिएका छन् ।  पुल क्षतिग्रस्त हुँदा गत पौष २२ गते, दिनको २ बजे देखि भारतको स्थानीय प्रशासनले सो पुल मार्फतको आवागमनमा पूर्ण रोक लगाएकोमा सो को तत्कालै निराकरण गर्न मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मून्दडा सहितको टोलीले स्थलगत निरिक्षण गर्दै शुक्रवारदेखिनै नेपालसहित भारतका विभिन्न निकायहरु समक्ष पत्राचार गरेको थियो ।  संघले प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, जिल्ला प्रशासन कार्यालय र विराटनगर भन्सार कार्यालयसहित भारततर्फ सडक परिवहन तथा राजमार्ग मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, भारतको पटनाका भन्सार कमिश्नर, जोगबनी ल्यान्ड कस्टम्स स्टेशन, अररियाका जिल्ला अधिकारी र फोरबेशगंजका सब–डिभिजिनल मजिष्ट्रेट लगायतलाई पत्राचार गरिसकेको छ ।  त्यसैगरि नेपाल उद्योग परिसंघ प्रदेश नम्वर १, उद्योग संगठन मोरङले पनि भारतका भन्सार अधिकारीहरुलाई भेटेर तत्कालै निकासी पैठारी सुचारु गर्न बैकल्पिक बाटोको ब्यवस्थाका लागि ध्यानाकर्षण गराएको छ ।  

सम्बन्धित सामग्री

प्राधिकरणले थप पाँच उद्योगको लाइन काट्यो

काठमाडौं। डेडिकेटेड फिडर र टं्रक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै शुक्रवार चार उद्योगको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले आइतवार थप ५ उद्योगमा त्यसै गरेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतवार बेलुकी सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, त्रिवेणी स्पिनिङ मिल्स र अशोक स्टिलको लाइन काटिएको हो ।  उनका अनुसार डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेबापत सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले ६१ करोड २० लाख, त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख र अशोक स्टिलले ७४ करोड ५० लाख रुपैयाँ प्राधिकरणलाई तिर्नुपर्ने देखिएको छ । प्राधिकरणले शुक्रवार अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको थियो ।  डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुलका विषयमा विवाद कायम रहेकै बेला चारओटा उद्योगको बिजुली काटेकोमा निजीक्षेत्रले असन्तुष्टि व्यक्त गरिरहेका बेला प्राधिकरणले थप उद्योगको लाइन काटेको छ । लाइन काटेको विषयलाई लिएर निजीक्षेत्रका प्रमुख संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आइतवार संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेका थिए । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौं आइपुग्न ढिला भएपछि उक्त पत्रकार सम्मेलन सोमवारका लागि सारिएको छ ।  उता निजीक्षेत्रको अर्को संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले आइतवार एक विज्ञप्ति जारी गरी प्राधिकरणको पछिल्लो कदमले निजीक्षेत्रका उद्यमी व्यवसायीको मनोबल कमजोर बनाएको प्रतिक्रिया जनाएको छ । संघले लाइन काटिएका उद्योगमा तत्काल विद्युत् आपूर्ति सुचारु गरी दुवै पक्षले जित्ने गरी समाधान खोज्न आग्रह गरेको छ ।

भण्टावारी नाकाबाट आईसीपीमा भित्रिए २२२ ओटा मालवाहक सवारी(अपडेट)

पुस २८, विराटनगर । आयात निर्यातका लागि भारतको भीमनगर र नेपालको भण्टावारी नाका सुचारु भएपछि बुधवार २२२ ओटा मालबाहक सवारी विराटनगर आइसीपीको यार्डमा आइपुगेका छन् । मालबाहक सवारीको चेकजाँच र भन्सार जाँचपास बिहीवारबाट हुने भन्सार कार्यालयले बताएको छ ।  विहान पूर्वपश्चिम राजमार्गमा सवारीको चाप हुने भएकाले बेलुका नौ बजेबाट प्रहरीको निगरानीमा भण्टाबारी नाकाबाट विराटनगरको आईसीपीसम्म मालबाहक ल्याउने र भन्सार चेकजाँच बिहीवारबाट गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए।   पाँच दिनदेखि निकासी पैठारी ठप्प भएको विराटनगर नाकामा भारतलगायतका तेश्रो मुलुकबाट आउने मालबाहकका लागि सुनसरीको भण्टावारी नाका भने मंगलवारबाट सुचारु गरिएको थियो । सोमवार नेपालको भन्सार विभागले र मंगलवार भारतीय भन्सार विभागले रि - रुटका लागि अनुमति दिएपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका हुन् ।  विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगञ्जको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासी पैठारी ठप्प भएको थियो । जसका कारण विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजस्व गुमाउँदै आएको थियो ।  चार दिनदेखि जोगवनी र भण्टावारी नाका जाने सडकमा ६०० भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुरतर्फ लागेका छन् । जहाँ भारततर्फ भीमनगर भन्सार छ भने नेपालतर्फ भण्टावारी छोटी भन्सार छ ।  भारतबाट भण्टावारी नाका हुँदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तव्यसम्म जाने भन्सार प्रमुख सापकोटाले बताए ।  विराटनगर नाकाबाट दैनिक ३०० ओटा मालबाहक आवत जावत गर्ने गर्ने गरेका छन् ।    यो पनि हेनुस् : रि - रुट अनुमति पाएपछि भण्टावारी नाकाबाट शुरु भयो आयात निर्यात

भण्टाबारी नाका खुला, भारतीय नाकाको टुंगो लागेन

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिम भारतमा रहेको मिरगञ्जको बेलिब्रिज भासिएपछि भारत लगायत तेस्रो मुलुकबाट मालसामान लिएर नेपालतर्फ आएका ट्रक तथा कन्टेनर चार दिनदेखि रोकिएका छन् । कतिपय सड्ने सामान बोकेका कन्टेनर र ट्रकहरू नाका रिरूट नगरिँदा समस्यामा परेका छन् । नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृति आएमा तत्कालका लागि सुनसरीको भण्टाबारी नाका प्रयोगको अनुमति दिएको छ । तर भारतको कष्टम विभाग र डीएम कार्यालयले यसबारे माथिल्लो निकायमा पत्र लेखे पनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्योलले नेपाल–भारत निकासी तथा पैठारी रोकिएको छ । विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टाबारी नाका हुँदै विराटनगरको आईसीपीसम्म आइपुग्न झन्डै ११६ किलोमिटर पर्छ । सोहीकारण अररिया कुर्सियाकट्टा हुँदै जोगबनीसम्म आउने १२ किलोमिटर दूरी भएको रूट भारत सरकारले अनुमति दिँदा राहत हुने देखिन्छ । तर त्यसबारे निर्णय नआएकाले अहिले कुन रूट हुँदै कुन नेपाली नाकाबाट नेपालमा मालवाहक गाडी प्रवेश गर्छन् भन्ने यकिन भइनसकेको सापकोटाले बताए । भन्सार विभागले भारतले स्वीकृति दिएमा भण्टाबारी नाका प्रयोगको अनुमति दिए पनि भारतीय पक्षबाट कुनै प्रगति नभएकाले मंगलवार भारतीय र नेपाली अधिकारीको संयुक्त बैठक बसेर भए पनि एउटा नाकाबाट मालवाहकले निकासी र पैठारी गर्न सक्नेगरी सहमति जुटाउन प्रयास गरिने सापकोटाले जानकारी दिए । भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजस्व संकलनको लक्ष्य १४ करोड ५० लाख भए पनि अहिले दैनिक २ करोडमा सीमित हुन पुगेको छ । भारतको मिरगञ्जमा रहेको फलामको पुल भासिएपछि जोगबनी नाकासम्म आउने अन्य स्तरीय बाटो नभएको कारण तत्काललाई समस्या देखिएको छ । यद्यपि फलामको पुल भन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पक्की पुल बनिसकेकाले त्यो दुई महीनाभित्र चालू भएपछि जोगबनी नाका आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रूपमा समाधान हुनेछ । विराटनगर नाकाबाट दैनिक तीन सय मालवाहक गाडी आवतजावत गर्छन् । मोरङ व्यापार संघले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र यसैबीच, सोमवार मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष महेश जाजूले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जोगबनी नाकाबाट भइरहेको निकासी पैठारी तत्काल सुचारु गर्न ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारत सहित तेस्रो मुलुकबाट नेपाल भित्रने मालवाहक साधनका लागि हाल भारतको भीमनगर–भन्टाबारी भन्सार नाका सहित अररिया जिल्लाको अररिया– कुर्साकाँटा–जोगबनी वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउन पहलल गर्नुपर्ने, मिरगञ्ज पुल तत्कालै मर्मत गर्नुपर्ने, सो पुल नजिक निर्माणाधीन नयाँ पुल यथाशीघ्र सम्पन्न गराउनुपर्ने लगायत माग  छन् । परराष्ट्रमन्त्री खड्काले जोगबनी नाकाबाट हुने निकासी पैठारी पूर्ववत् सञ्चालनका लागि आफूले भारत सरकारसँग कुरा राख्ने आश्वासन दिएका छन् ।

https://www.onlinekhabar.com/2020/05/862249

२६ वैशाख, काठमाडौं । उत्पादनमुलक उद्योधन्दा सञ्चालनमा आएसँगै ढुवानीको साधन सञ्चालन गर्नदिन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । उद्योगको उत्पादन बजारसम्म पुर्‍याउन ढुवानी सेवा सुचारु हुन जरुरी भएको भन्दै ढुवानी सुचारु गर्न नेपाल समुन्द्रपार निकासी पैठारी …