वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।