अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो ।

सम्बन्धित सामग्री

जलनसम्बन्धी स्तरीय अस्पताल निर्माण गर्नुपर्छ : चन्द्र भण्डारी

ललितपुर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए । उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे । विकाससँगै […]

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।

अनुहारका विकृति सम्बन्धी उपचार गर्ने छुट्टै अस्पताल निर्माण हुने

अस्पतालमा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णत नि:शुल्क सेवा पाउने क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले जानकारी दिए। उनकै पहलमा नेपालमा अस्पताल निर्माणको काम अगाडि बढेको हो।

पारच्याङमा पहिलो ग्रामीण अस्पताल निर्माण शुरू

रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य शुरू भएको छ । संघीय सरकारको ६ करोड रुपैयाँ बजेटमध्ये बोलपत्रको प्रतिस्पर्धाबाट रू. चार करोड १६ लाखमा धुलिखेल निर्माण सेवाले ठेक्का सम्झौता गरेर साढे दुईतले अस्पताल भवनको निर्माण अघि बढाएको हो । अस्पताल निर्माणको समयसीमा दुई वर्षको छ । अस्पताल तीन हजार वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ । जमीनमा पिलर ठड्याउने र टाइबिम कस्ने काम सम्पन्न भएको सहायक निर्माण व्यवसायी गोविन्दलाल तामाङले बताए । विसं २०४० मा स्थापित पारच्याङ स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ग्रामीण अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल सञ्चालनमा आएपछि नौकुण्डका करीब १० हजार बासिन्दाले उपचार पाउने नौकुण्ड गाउँपालिकाले बताएको छ । यसबाट सरमथली, पाटीखर्क, दनुस्वारा, यार्सा, गाङ्मर, थाङ्दोर, सिङ्वन्दी, युव्रा, आरूखर्क, फाम्चेत, दारघारी, बासभञ्ज्याङ, मञ्जुचेत, चिलाउने गाउँ, भञ्ज्याङ डाँडा, दुम्रा, लारच्याङ, घिचेतलगायतका बासिन्दा लाभान्वित हुने अधिकृत स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । रासस

पशुपंछी उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल बन्दै

पशुपंछीको उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । घाईते तथा विरामी पशुपंछीको उपचार गर्ने उद्देश्यले कास्की र तनहुँ गरी प्रदेशका २ जिल्लामा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्नेगरी बजेट छुट्टिएको थियो ।...

संघीय दाँत तथा मुख अस्पताल निर्माण गर्ने काम कहाँ पुग्यो?

एउटै छानामुनि दाँत तथा मुख रोग सम्बन्धी सबै किसिमको उपचार उपलब्ध हुने गरी केन्द्रीय स्तरको दाँत तथा मुख अस्पताल निर्माणमा सरकार जुटिरहेको हो।

कीर्तिपुरमा १५ सय शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरिने

काठमाडौं। सरकारले आउँदो आर्थिक वर्षमा कीर्तिपुरमा जटिल तथा घातक प्रकृतिका रोगको उपचारका लागि १५ सय शैय्याको अस्पताल निर्माण गर्ने भएको छ। आज प्रस्तुत बजेटमा ‘सुपर स्पेसियालिटी केन्द्र’को निर्माण कार्य शुरु गरी तीन वर्षभित्र सञ्चालनमा ल्याउने बताइएको छ। केन्द्रमा नेफ्रोलोजी, युरोलोजी, न्युरोलोजी, न्युरोसर्जरी, स्पाइनल सर्जरी, कार्डियोलोजी, कार्डियोसर्जरी, पल्मोनोलोजी, ग्यास्ट्रोइन्टरलोजी र ग्यास्ट्रो सर्जरीलगायत अन्य रोगको विशिष्टीकृत उपचार गरिने जनाइएको छ।

चाँगुनारायण नगरपलिकामा ३० वेडको कोरोना अस्पताल निर्माण

काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपलिकामा ३० वेडको कोरोना अस्पताल निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। भक्तपुरका प्राइभेट अस्पतालहरूले पनि कोरोनाका विरामीहरूको उपचार गरिरहेको भट्टराईले जानकारी दिए। अस्पतालहरू निर्माण भएपनि अक्सिजनको कमिले गर्दा उपचारमा समस्या सिर्जना भएको उनले सुनाए। भक्तपुर जिल्लामा हिजो एकै दिन कोरोनाको कारण २ जनाको मृत्यु र ४०० जनामा संक्रमण देखिएको उनले बताए।