रातो मच्छिन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन रोक

१९ भदौ, ललितपुर । जिल्ला प्रशासन कार्यालय, ललितपुरले रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध गरेको छ । प्रशासनको सहमतिविना निषेधाज्ञाको समयमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गर्न खोज्दा बिहीबार स्थानीयवासी र प्रहरीबीच …

सम्बन्धित सामग्री

सोमबारबाट सुरु भयाे रातो मच्छिन्द्रनाथ जात्रा (फाेटाेफिचर)

काठमाडौँ- वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा सोमबारबाट सुरु भएको छ । जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःवहालमा पुर्‍याइएको छ । रथ तान्नुअगाडि गुरुको पल्टनबाट सलामी दिइएको थियो । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्...

तयार हुँदै रातो मच्छिन्द्रनाथको रथ, चिटिक्क पारिँदै मूर्ति [फोटो फिचर]

काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथ (Rato Machindranath) को मूल रथ बनाउने काम धमाधम भइरहेको छ । यही वैशाख ८ गतेबाट शुरु हुने रातो मच्छिन्द्रनाथको जात्रा (festival)को समय नजिकिएसँगै रथ निर्माणले तीव्रता पाउन थालेको हो । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदामा शुरु भई असार शुक्ल चौथीसम्म गरी करिब २ महिना चल्ने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो । मच्छिन्द्रनाथको रथ स्थानीय बाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता छ । मछिन्द्रनाथको रथयात्राको लागि ३२ फिट अग्लो पाँच तले रथ निर्माण हुन्छ ।  जात्राको सांस्कृतिक एवं धार्मिक महत्त्व छ । हिन्दू धर्मावलम्बीहरूले मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।  जात्रा कहिले शुरु भयो भन्नेबारे यकिन गर्ने मिति नभए पनि यसलाई १६ सय वर्ष पुरानो संस्कृतिको रूपमा हेर्ने गरिन्छ ।  जात्रालाई नेवार (Newar) समुदायका मानिसले उत्सवका रूपमा मनाउने गरे पनि पछिल्लो समय विभिन्न जाति तथा सम्प्रदायका मानिसले पनि उत्सवका रुपमा मनाउन थालेका छन् ।  चिटिक्क पारिँदै मूर्ति जात्राका अवसरमा ललितपुरको मच्छिन्द्रबहालस्थित रातो मच्छिन्द्रनाथको मन्दिरमा रहेको रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाएर चिटिक्क पारिँदै छ ।  रातो मच्छिन्द्रनाथको रथयात्रापूर्व मूर्तिलाई लगनखेलमा राखी विधिवत् रूपमा नुहाइदिने गरिन्छ । त्यसपछि मन्दिरका पुजारीहरूले चोखो गरी मूर्तिमा रङ लगाउने गर्छन् । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर  शुुरु गरिने जात्राको अन्त्य असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर गरिन्छ । यो बर्ष वैशाख ८ गते मच्छिन्द्रनाथको रथारोहण पछि वर्षकै लामो रथयात्रा सोमवार बैशाख ११ गते पुल्चोकबाट सुरु हुनेछ ।

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ । आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ । रथयात्राले गर्द

रातो मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्दै ललितपुरका स्थानीय । तस्बिर : अभिषेक महर्जन

रातो मच्छिन्द्रनाथ रथयात्रको तयारी (१० तस्बिर)

काठमाडौं । रातो मच्छिन्द्रनाथ रथयात्रको लागि अहिले ललितपुरको पुल्चोकमा गुठीयारले रथ बनाउँदै छन् । स्वास्थ्य मापदन्डको पालनासहित जात्रा गर्ने सहमति भएपछि रथ बनाउन थालिएको हो । देशकै सबैभन्दा लामो जात्राको रूपमा रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । हिन्दु र बौद्ध धर्म दुवैले पुज्ने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिन्छ । गत...

ऐतिहासिक रातो मच्छिन्द्रनाथ जात्राको रमाइलो

ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ झण्डै ३२ हात अग्लो हुन्छ र शहर घुमाइन्छ। यो जात्राको रमाइला पक्षहरूबारे के भन्छन भक्तहरू?

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसा:) सम्पन्न भएको छ ।

रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ।

महिलामात्रले रातो मच्छिन्द्रनाथको रथ तान्दाका १२ फोटो :: Pahilopost.com

वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथ (बुंगद्य) को जात्रा अन्तर्गत शनिबार बिहान सबेरै महिलाहरुले लगनखेलबाट रथ ताने। यसलाई स्थानीय भाषामा 'याकः मिसाया भुज्या' भन्ने गरिन्छ। नरिवल खसाउने जात्राको भोलिपल्ट महिलाहरुले रथ तान्ने गर्छन्। रथ तान्न ठूलो संख्यामा सबै उमेर समूहका महिला उपस्थित थिए।    वैशाख शुक्ल प्रतिपदाको साइतमा वैशाख ४