म्यान्मारमा हिंसा जारी, सेनाले गर्‍यो ३० जनाभन्दा बढीको हत्या

म्यान्मारमा सेनाको कूपछि हिंसा जारी छ । हालैको सदनमा काया राज्यमा महिला र बालबालिका सहित ३० जनाभन्दा बढीलाई सेनाले गोली हानेर मारेको अनि शव जलाएको खबर छ । यसको जानकारी एक स्थानीय, मिडियामा आएका रिपोर्ट र मानवअधिकारवादी समूहले दिएका हुन् । करेनी ह्युमन राइट्स ग्रूपले आन्तरिक रूपमा विस्थापित मानिसहरूको डढेको शव फेला परेको बतायो । ह्प्रुसो शहरको मो सो गाउँ नजिक सेनाले वृद्ध, महिला र बच्चाहरूमाथि गोली चलाएको ग्रुपको आरोप छ ।  समूहले फेसबूकमा एउटा पोस्ट गर्दै भन्यो, ‘हामी मानवअधिकारको उल्लंघन गरिएक...

सम्बन्धित सामग्री

रुसी सेनाको कारबाहीमा सिरियामा १२० विद्रोही मारिए

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाकु मारिएका छन्।सो समूह अल कायदा आतंककारी समूहसँग आबद्ध रहेको बताइएको छ। सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकुहरूले हिंसा मच्चाइरहेका छन्।तिनै समूहका लडाकुहरूलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो। सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो।बिहीबार सो क्षेत्रम

रुसी सेनाको आक्रमणबाट सिरियामा १ सय २० जना विद्रोही मारिए

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् । तिनै समूहका लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक […]

इजरायल र प्यालेस्टाइनबीच पुन: हिंसा : दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

एजेन्सी- इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मंगलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ। इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाइँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हाे। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन्। […]

राष्ट्रसंघ : ‘युद्धमा महिलामाथि भएका हिंसाबारे छानबिन गर’

राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानविन गर्न आह्वान गरेको छ । युक्रेनमा रुसी हिंसा रोक्न तथा बालबालिकाहरूको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन् । ‘यो युद्ध अब रोकिनुपर्छ’ लैंगिक समानता र महिला सशक्तिकरणका लागि राष्ट्रसंघकी निर्देशक सिमा बाहोउसले सुरक्षा परिषदको बैठकमा भनिन् । युक्रेनमा रुसी सेनाले महिलालाई बलात्कार गरेका विवरणहरू सार्वजनिक भइरहेका बेला […]

गाजा क्षेत्रमा झडप: १ बालकसहित ४१ प्यालेस्टाइनी घाइते [तस्वीर]

इजरायली सुरक्षाबलको गोली लागेर १३ वर्षीय बालकसहित ४१ प्यालेस्टाइनी घाइते भएका छन्। प्यालेस्टाइनतर्फबाट हानिएको गोलीबाट एक इजरायली प्रहरी गम्भीर घाइते भएका छन्।गाजा क्षेत्रमा इजरायली नाकाबन्दीको विरोधमा शनिबार आयोजित प्रदर्शनमा सयौं प्यालेस्टाइनीहरू सहभागी भएपछि हिंसा भड्किएको हो। दर्जनौं मानिसहरूले इजरायली सैनिकहरूमाथि ढुंगा र विस्फोटक सामग्री फ्याँकेपछि विरोध प्रदर्शन हिंसात्मक बनेको हो।इजरायली सेनाले सयौं प्रदर्शनकारीहरूले उत्तरी गाजामा सीमा नाघ्न खोजेको जनाएको छ। सेनाले आन्दोलनकारीमाथि अश्रूग

अफगानिस्तानमा हिंसा मच्चाइरहेको तालिबान समूह को हो?

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी नेतृत्वको सेनाले तालिबानलाई सत्ताबाट हटायो। तर बिस्तारै यो समूहले आफूलाई बलियो बनायो र अब एक पटक फेरि अफगानिस्तानमा आफ्नो प्रभुत्व जमाउन थालेको छ।झण्डै दुई दशकपछि अमेरिकाले सेप्टेम्बर ११, २०२१ सम्ममा अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता गर्ने तयारी गरिरहेको छ। तर यही समयमा अफगानिस्तानका विभिन्न प्रान्तलाई तालिबानले आफ्नो नियन्त्रणमा लिँदै गइरहेका छन्।तालिबान कहिले सुरु भयो?'तालिबान' शब्दको उत्पत्ति अरबी भाषाको 'तालि

म्यानमारमा हिंसा बढेसँगै हजारौँ थाइल्यान्ड भागे

अल जजिरा। गत फेब्रुवरी १ को ‘कु’यता जारी हिंसात्मक राजनीतिक आन्दोलनका कारण म्यानमारको करेन जनजातिहरू थाइल्यान्ड भागेका छन्। करेन आन्दोलनकारी र म्यानमार सैनिक थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्वरत भएपछि उनीहरू थाइल्यान्ड भागेका हुन्। शुक्रबार बिहानसम्म २,२६७ जना थाइल्यान्ड भागेका छन्। थाइ सीमामा म्यानमारका सेनाले आन्दोलनकारीमाथि हवाइ हमला पनि गरेको थियो।

म्यान्मारमा विरोधकर्ताहरूले रातो रंगले रंगाए सडक

म्यान्मारमा सेनाको कूको विरोध गरिरहेका प्रदर्शनकारीहरूले देशको सबभन्दा ठूलो शहर यांगोनका सडकमा मंगलवार रातो रंग पोतेका छन् ।  सेनाले मारेका सयौं मानिसको शहादतलाई स्मरण गर्नका लागि सडक रातो बनाइएको हो ।  सेनाले फेब्रुअरी १ मा सत्ता लिएयता लगभग ५७० जनाको ज्यान गइसकेको छ । दिनदिनै हिंसा र अशान्ति भइरहेको छ ।  सुरक्षाकर्मीहरूले लगभग ३५ सयजनालाई पक्राउ गरेको र तीमध्ये ८० प्रतिशत हिरासतमै रहेको एसोसिएसन फर पोलिटिकल प्रिजनर्स नामक संस्थाले जनाएको छ ।    यांगोनमा प्रदर्शनकारीहरू बिहान...