इजरायल र प्यालेस्टाइनबीच पुन: हिंसा : दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

एजेन्सी- इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मंगलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ। इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाइँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हाे। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन्। […]

सम्बन्धित सामग्री

फेरि बल्झियो हिंसा

प्यालेस्टाइन इस्लामिक जिहादका दुई नेता खालेद मन्सुर र तेसिर जाबेरी इजरायली सेनाको हवाई आक्रमणमा गाजा क्षेत्रमा मारिएसँगै इजरायल र प्यालेस्टाइनबीचको विवादले चरम हिंसाको रूप लियो। दुवैतर्फ एक–अर्काविरुद्ध आक्रमण भयो। इजरायलले सशक्त हवाई कारबाहीलाई अगाडि बढायो। प्रतिकार स्वरूप इस्लामिक जियादले इजरायलविरुद्ध रकेट आक्रमण ग-यो। इजरायलतर्फ खासै क्षति भएको छैन। गाजामा भने मानवीय र भौतिक क्षति भयो। १५ बालबालिकासहित ४४ जना मारिए भने तीन सयभन्दा बढी घाइते भए। इजरायली अधिकारीले ‘ब्रेकिङ डन’ नाम दिइएको यो सैनिक कारबाही प्रभावकारी भएको दाबी गरेका छन्।

इजरायल र प्यालेस्टाइनबीच हिंसा पुन: भड्कियो, १६९ जना घाइते

इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ।पछिल्लो झडपमा कम्तिमा १६९ जना घाइते भएका छन्। घाइतेमध्ये १६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीमा खबर छ। प्यालेस्टाइनी मेडिकल सेवा र इजरायल प्रहरीले पछिल्लो हिंसाबारे जानकारी दिएका छन्।हिंसामा घाइते भएकाहरूको उपचार गर्न क्रिसेन्टले एक अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएको छ। पूरानो जेरुसेलम शहरमा रहेको अल अक्सा मस्जिद क्षेत्रमा हिंसा भड्किएको हो। सो क्षेत्रमा यहुदीहरूले पवित्र मान्ने माउन्ट मन्द