काठमाण्डाै – राष्ट्रिय सभाका सांसद वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गर्नुभएको छ ।
सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजी गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै त्याे प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो । गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्यो ।
उहाँले भन्नुभयो, ‘यसको सुरुवात जसले गरेको भए पनि यसलाई अग...