२ हजार ४ सयभन्दा बढी पर्यटक अलपत्र

काठमाडाैं । पर्यटन सिजनको शुरुवातमै मौसम प्रतिकुलताका कारण खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र भएका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरि मौसमले चुनौती दिएको हो । तीन दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र परेको लुक्ला विमानस्थलले जनाएको छ । […]

सम्बन्धित सामग्री

रामेछापमा अलपत्र परेका पर्यटकहरु फाप्लु विमानस्थलमा

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान हिंडेका पर्यटकहरू मौसम खराब भएका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् । ५ दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम प्रतिकुल हुँदा रामेछाप विमानस्थलमा करिब २ हजार बढी पर्यटक अलपत्र भएका थिए । अन्य वैकल्पिक मार्गबाट खुम्बु जानका लागि फाप्लु विमानस्थलमा पर्यटकहरूको ओहिरो लागेको छ ।सोमबार […]

लयमा फर्कन लागेको पर्यटन व्यवसायमा खराब मौसमले चुनौती

कोरोना कहरले थलिएको नेपालको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा मौसमले चुनौती दिएको छ । खराब मौसमका कारण खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् । पर्यटकीय सिजनको सुरुवातमै चार दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पर्यटक …

चौबीस सय पर्यटक अलपत्र

पर्यटकीय सिजनको सुरुवातमै मौसम प्रतिकूल हुँदा खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरि मौसमले चुनौती दिएको हो । चार दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पर्यटक तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटक मौसम सुधारको पखाईमा बसिरहेका बताइएको छ ।

चीनमा लकडाउन‚ ८० हजार पर्यटक फसे

पइचिङ : कोरोना भाइरसको प्रकोपका कारण चीनको हाइनान टापुमा हजारौं पर्यटक अलपत्र परेका छन्। चीनको आधिकारिक मिडिया रिपोर्टमा यो जानकारी दिइएको छ।डीपीए समाचार एजेन्सीले आइतवार सरकारी मिडियालाई उद्धृत गर्दै हाइनान टापुमा कोभिड-१९ संक्रमणका धेरै संक्रमित भएपछि सान्या शहरमा उडान र रेल सेवा बन्द गरिएको थियो। यो ठाउँलाई सामान्यतया 'चीनको हवाई' भनिन्छ। पइचिङले संक्रमित भेटिएपछि लकडाउन लागू गरेको छ।सान्याका उपमेयरका अनुसार हाल शहरमा ८० हजारभन्दा बढी पर्यटक थुनिएका छन्। सरकारी टेलिभिजनका अनुसार शनिबा

विभिन्न देशले प्रतिबन्ध लगाएपछि हजारौँ रुसी पर्यटक अलपत्र

विश्वभरी २७ हजार भन्दा बढी रुसी पर्यटक अलपत्र परेको समाचारमा जनाइएको छ । युरोपेली संघ (ईयू), क्यानडालगायतले युक्रेनमा गरेको आक्रमणको विरोधमा रुसी एयरलाइन्सलाई प्रतिबन्ध लगाएसँगै आफ्ना देशका नागरिक अलपत्र परेको रुसको ट्राभल एजेन्सी संघले जनाएको छ । ट्राभल एजेन्टहरूले यसको विकल्प फेला पार्ने प्रयास गरिरहेका छन् । केही संख्याका विमान सेवाहरुले युुरोपमा मात्रै नभई उत्तरी र मध्य अमेरिका जाने उडान समेत बन्द गरेका छन् ।विभिन्न मुलुकहरुले मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रुसी विमानहरूका लागि हवाई

लयमा फर्कंदै कालिञ्चोकको पर्यटन व्यवसाय

दोलखा । दोलखाको कालिञ्चोकमा पर्यटन व्यवसाय पुरानै लयमा फर्कन थालेको छ । हिउँ पर्ने याम शुरू भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरू भएकाले होटल बुकिङ बढेको होटल सुनपातीका प्रबन्धक विमल ओझाले बताए । विशेषगरी शुक्रवार होटलको ‘अकुपेन्सी’ क्षमता अनुरूप नै हुने गरेको उनको भनाइ छ । यस्तै कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले पछिल्ला दिनमा पर्यटक आउने क्रम बढेको बताए । अन्य दिन ३० देखि ४० प्रतिशत कोठा बुक हुने गरेकोमा शुक्रवार भने ८० प्रतिशतभन्दा पुग्ने गरेको कालिञ्चोकका होटल व्यवसायी बताउँछन् । कोभिडका कारण एक वर्षभन्दा बढी समयदेखि पर्यटक आगमन ठप्पप्रायः रहेको कालिञ्चोकमा अहिले पुनः पर्यटकीय चहलपहल हुन थालेको छ । साथै केबलकार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरू समेत बढिरहेकोे कालिञ्चोक केबलकारका निमित्त प्रमुख सन्देश शिवाकोटीको भनाइ छ । कोभिडकै कारण करीब डेढ वर्षदेखि केबलकार बन्द थियो । विशेषगरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट हिउँ खेल्न जानेहरूका लागि नजिकको आकर्षक गन्तव्यको रूपमा कालिञ्चोक परिचित छ । दृश्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्न वर्षेनि हजारौं मानिस कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोकबाट रोल्वालिङ तथा जुगल हिमश्रृंखला तथा सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटल छन् । महामारीले व्यवसाय नै ठप्प भएको समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले सदरमुकाम चरिकोटका होटल व्यवसायी समेत उत्साहित छन् । कोरोना महामारी बढेका बेला दोलखाको होटल व्यवसायमा दैनिक २५ लाख रुपैयाँ घाटा भएको अनुमान गरिएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलको पनि व्यवसाय बढ्ने गरेको चरिकोटस्थित होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतीले बताए । ‘पर्यटक भरिभराउ हुने भएकाले हिउँ पर्ने सिजनमा यहाँको होटल व्यवसायमा पनि राम्रै कारोबार हुन्छ,’ उनले भने । सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटक अलपत्र पर्न सक्ने भएकाले पहिले नै होटल बुक गरेर मात्र आउन उनको सुझाव छ ।