चीनमा घरजग्गा व्यवसाय ओरालो लाग्यो

एजेन्सी, २३ वैशाख । चीनमा घरजग्गा व्यवसाय अर्थात् रियलस्टेटको कारोबार खस्किएको छ । चीनमा आर्थिक चुनौती बढ्दै जाँदा घरजग्गा व्यवसाय ४० प्रतिशतले घटेको रिपोर्ट छ । पछिल्लो तथ्यांकसहितको रिपोर्टमा चीनका मुख्य तीन रियलस्टेट कम्पनीहरुको कारोबार ४० प्रतिशतले घटेको उल्लेख छ । जनवरी देखि अप्रिलको ४ महिना तीनवटा कम्पनीको कारोबार ६४ अर्ब डलर छ जुन गत […]

सम्बन्धित सामग्री

घरजग्गा कारोबारको मन्दी हटाउन व्यवसायीका दर्जन माग

२४ चैत, काठमाडौं । घरजग्गा कारोबारमा मन्दी लम्बिएपछि घरजग्गा व्यवसायीले सरकारसँग विभिन्न माग अघि सारेका छन् । महिनामा लाखभन्दा बढी हुने लिखत पास अहिले ४० हजारमा झरेको छ । स्थानीय तहरुले जग्गाको वर्गीकरण गरेर कृषि र गैरकृषिजन्य क्षेत्र छुट्याएपछि कित्ताकाट खोल्नु पर्ने व्यवस्था पछि घरजग्गा व्यवसाय सुस्ताउन थालेको थियो । नेपाल जग्गा तथा आवास विकास […]

दुर्घटनाको डिलमा पुगेको घरजग्गा कारोबारलाई मौद्रिक नीतिको समिक्षाले झनै धकेल्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको समीक्षाले घरजग्गा कारोबारमा झनै संकट थपेको छ । अचाक्ली भाउ बढेर किनबेच नै घटिरहेको अवस्थामा मौद्रिक नीतिको व्यवस्थाले कारोबार झन संकटमा पुगेको हो ।अर्थतन्त्रमा हाल देखिएका समस्या समाधान गर्न भन्दै मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कर्जामा कडाई गर्ने नीति राष्ट्र बैंकले अघि सारेका कारण जोखिम बढेको व्यवसायीहरु बताउँछन् । राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जालाई जहिल्यै अनुत्पादक क्षेत्रको लगानी भन्ने गरेकामा व्यवसायीहरु सन्तुष्ट छैनन् ।मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने भनेको छ । राष्ट्र बैंकले घरजग्गामा लगानी हुने बैंकको कर्जामा पुनरावलोकन गर्ने भनेपनि कसरी हुने र कति हुने भन्ने उल्लेख गरिएको छैन । कारोबार सुस्ताउने पक्काकोरोना महामारीपछि हरेक महिना कारोबार संख्या र राजस्व संकलनमा रेकर्ड गर्दै आएको घरजग्गा कारोबार अहिले विस्तार सिथिल हुँदै गएको छ । एकातिर जग्गाको भाउ अचाक्ली बढेको र अर्कोतिर वित्तीय प्रणालीमा तरलता अभाव हुँदा एक पछि अर्को महिना घरजग्गा कारोबारमा मन्दी आईरहेको छ ।यस्तै अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गामा प्रवाह हुने कर्जामा कडाई गर्ने भनेपछि माघको तुलनामा फागुन महिनामा कारोबार झन सुस्ताउने अनुमान हुन थालेको छ ।यो पनिःदुर्घटनाको ‘मुखै’मा घरजग्गा कारोबार, प्लटिङ गर्नेदेखि ‘एजेण्ट’सम्मको उठिबासको संकेतचालु आर्थिक वर्षको सुरुवातबाटै वित्तीय प्रणालीमा तरलता अभावका कारण साउनदेखि नै घरजग्गा कारोबार खासै हुन सकेको थिएन । बैंकहरूले ऋण लगानी गर्न नसक्ने अवस्था आएपछि घरजग्गा कारोबार सुस्ताउँदै आएको छ । माघमा घरजग्गा कारोबारमार्फत ३ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम फागुनमा घट्ने निश्चितप्रायः छ ।दुर्घटनाको जोखिममा घरजग्गा कारोबारनेपालको घरजग्गा व्यवसाय तथा कारोबारको क्षेत्र औपचारिक भईसकेको छैन । यसकारण यो क्षेत्र  जोखिममा पर्न सक्छ भनेर अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतले चेतावनी दिने बाहेक अर्को विकल्प सुझाउन पनि सक्ने अवस्था छैन ।असोज पछिको कारोबारले घरजग्गा कारोबार तत्कालै लयमा फर्किने अवस्था देखिएको छैन । पौष महिनाको कारोबारले त झन घरजग्गाको मन्दी अझै केही समय लम्बिन सक्ने देखाएको छ ।विप्रेषण आप्रवाह (रेमिट्यान्स) बाट अर्थतन्त्रको चेन घुम्ने नेपालमा अहिले रेमिट्यान्स घट्दो छ । रेमिट्यान्स घट्दो र महँगी बढ्दो छ । महँगी बढेका कारण विदेशबाट पठाएको रकम केवल घर खर्चमै खुम्चिँदा आफन्त विदेशमा भएकाहरुले घरजग्गा जोड्न सकेका छैनन् ।अहिले राष्ट्र बैंकले घरजग्गा कारोबारको इन्डेक्सको अध्ययन गरिरहेको छ । स्रोतका अनुसार राष्ट्र बैंकको अब प्रकाशित हुने अध्ययनले नाफा कमाउन बैंक तथा वित्तीय संस्थाबाट मोटो रकम ऋण लिएर घरजग्गामा लगानी गरेकाहरुको लगानी कुनैपनि बेला डुब्न सक्ने देखाउने छ ।‘घरजग्गाको मूल्य जति बढ्नुपर्ने हो, करिब करिब बढिसक्यो, नाफाक कमाउन करोडौ ऋण लिएर जग्गामा लगानी गरेकाहरुको लगानी फस्ने मात्रै होइन, डुब्ने हुने संकेत देखिएका छन्’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यो १ दशकमा भएको घरजग्गाको मूल्य वृद्धिलाई प्राकृतिक मान्न सकिन्न, घरजग्गाको मूल्य वृद्धिको अन्तिम बिन्दु टाढा छैन भन्ने नै देखिएको छ, त्यसकारण यो क्षेत्र दुर्घटनाकै जोखिममा छ ।’

घरजग्गा विक्रीमा मन्दी

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले घरजग्गा व्यवसाय पनि प्रभावित बनेको छ । कलंकी मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीले बैंकिङ क्षेत्रमा तरलता सहज नभएकाले घरजग्गा कारोबार विगत ३/४ महीनादेखि नै सुस्त भएको बताए । उपत्यकामा पछिल्लो २ महीनामा घरजग्गाको कारोबार ४० देखि ५० प्रतिशतसम्म घटिसकेको छ । तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनलाइन प्रणालीले भने केही कार्यालयको गलत तथ्याङ्क देखाएको पाइएको छ । कलंकी मालपोत कार्यालयले मङ्सिरमा ५६ र पुसमा ५१ करोड रुपैयाँभन्दा बढी रजिस्ट्रेशन दस्तुर मात्रै संकलन गरेको छ । तर, मालपोतको तथ्याङ्कमा भने मङ्सिर र पुस दुवै महीनामा ३०/३५ करोड रुपैयाँभन्दा बढी रजिस्ट्रेशन दस्तुर संकलन नभएको कार्यालय प्रमुख सुवेदीले बताए । भूसेवा केन्द्रले कुनै कारोबार गर्ने भनेर विभागको अनलाइन प्रणालीमा इन्ट्री गरेपछि कारोबार नभए पनि प्रणालीमा कारोबार संख्या र राजस्व देखाउँछ । त्यसैले विभागको तथ्याङ्कभन्दा कारोबार संख्या र राजस्व कम संकलन भएको देखिन्छ । नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले २० वर्षको व्यावसायिक यात्रामा २ पटक मात्रै यस्तो मन्दी देखेको बताउँछन् । ‘अर्थतन्त्रका सूचकहरू सबै नकारात्मक भएको बेलामा घरजग्गा व्यवसाय पनि सुस्ताएको छ,’ वाग्लेले भने, ‘अर्थतन्त्रका अरू सूचकहरूमा सुधार नआएसम्म घरजग्गा व्यवसायमा पनि सुधार आउने सम्भावना छैन । बरु यस्तो अवस्था लम्बिँदै गएमा धेरै व्यवसायी समस्यामा पर्न सक्छन् ।’ अहिले समस्यामा परेका केही व्यक्तिले सस्तोमा जग्गा बेचे पनि जग्गाको मूल्य नै घटिसकेको अवस्था भने नरहेको उनको दाबी छ । कसैलाई अति नै समस्या परेको बेला हिजो पनि सस्तोमा जग्गा बेच्थे, भोलि पनि सस्तोमा जग्गा बेच्छन् । तर, २/४ जनाले सस्तोमा जग्गा बेच्यो भन्दैमा समग्र घरजग्गाको मूल्य घट्यो भन्न नमिल्ने उनको भनाइ छ ।

अब व्यावसायिक र आवासीय घरजग्गाको भिन्दाभिन्दै कर

काठमाडौं, साउन १९। घरजग्गा कारोबारमा वास्तविक कारोबार रकम लुकाउने र अवास्तविक कारोबार अंक देखाएर न्यून कर लाग्ने गरी कर छली गर्ने प्रवृत्ति कायमै रहेको बेला यसलाई नियन्त्रण गर्न नेपाल राजस्व परामर्श समितिले सरकारलाई भिन्दाभिन्दै कर असुल्न सुझाव दिएको छ । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा झन्डै साढे ९ प्रतिशत योगदान रहेको घरजग्गा व्यवसाय अझै संस्थागत […]

कित्ताकाट खुलाऊ, ब्याज मिनाहा गर

कित्ताकाट रोकिँदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले चार वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन्।

घरजग्गा व्यवसाय गणना हुँदै

केन्द्रीय तथ्यांक विभागले मुलुकमा पहिलोपटक ‘घरजग्गा खरीद बिक्री व्यवसाय गणना’ गर्ने भएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण गर्न मुलुकभर सर्भेक्षण तथा गणनाको तयारी भइरहेको विभागले जनाएको छ । प्रचलित कानुनअनुसार घरजग्गा खरीद बिक्री व्यवसायमा संलग्न कम्पनीलाई गणनामा समावेश गरिने छ ।

पुनः लयमा फर्किंदै घरजग्गा व्यवसाय

पछिल्लो एक दशकयता सुस्त बनेको घरजग्गा व्यवसाय पुनः लयमा फर्किन थालेको छ । विगतमा अव्यवस्थित रूपमा विकास र विस्तार भए पनि अब भने व्यवसायीदेखी उपभोक्तासम्म परिपक्क रूपमा यस व्यवसायलाई अघि बढाउन लागि परेका छन् । काठमाडौं उपत्यकामा मात्रै सीमित घरजग्गा व्यवसायलाई अब प्रदेश राजधानीसम्म विस्तार गर्न व्यवसायीहरू आतुर देखिएका छन् ।