पेरुका कम्युनिस्ट नेता गोन्जालोको कारावासमै निधन

पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन 'गोन्जालो'को ८६ वर्षको उमेरमा निधन भएको छ । जेल जीवन बिताइरहँदा शनिवार सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।   १९९२ मा समातिएका उनले राज्यबाट आतंककारीको रुपमा सिंगो जीवन जेलमै बिताएका थिए । संसारभर चर्चा पाएको पेरुको कम्युनिस्ट आन्दोलन 'साइनिङ पाथ' को नेतृत्व गरेका गोन्जालो सशस्त्र विद्रोह गरे वापत समातिएका थिए । केही केही दिनदेखि उनको स्वास्थ्य निकै बिग्रिएपछि अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार शनिबार बि...

सम्बन्धित सामग्री

चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको निधन: यस्तो छ नेपालसँगको नाता

सांघाई: चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको बुधबार मध्याह्न निधन भएको छ। लिउकेमिया र मल्टिपल अर्गान फेलियरका कारण उनको ९६ वर्षको उमेरमा सांघाईमा निधन भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले घोषणा गरेको हो। सीपीसी, चीनको स्टेट काउन्सिल, नेसनल पिपल्स कंग्रेसको स्थायी कमिटी, सीपीसी र चीनको केन्द्रीय सैन्य आयोगले सबै पार्टीका सदस्य, चिनियाँ…

चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको ९६ वर्षकाे उमेरमा निधन

चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज बुधवार दिउँसाे उहाँको निधन भएको हो ।  नेता जियाङ ९६ वर्षका हुनुहुन्थ्यो । केहीबेर अघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिले उहाँको निधनको घोषणा गरेको हो ।  पूर्वराष्ट्रपति जियाङले सन् १९८९ देखि २००२ सम्म सीपीसीको महासचिव, त्यही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गर्नुभएको थियो...

चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

१४ मंसिर, काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन । चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा […]

चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन

काठमाडौं – रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको चितवनमा भएको सवारी दुर्घटनामा निधन भएको हो। राप्ती नगरपालिका–६ हर्दीमा भएको दुर्घटनामा ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। गृहजिल्ला चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा मंगलबार बिहान […]

समाजसेवी वलीको निधन

समाजसेवी योगमाया वलीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ।  मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको उनका छोरा पूर्ण वलीले जानकारी दिए । रुकुम पश्चिम मुसीकोट नगरपालिकाकी योगमाया लामो समय कम्युनिस्ट विचारधारामा आस्थावान् रही स्थानीय स्तरमा लामो समय समाजसेवामा सक्रिय थिइन् । १९९५ असार ३ गते जन्मिएकी उनको ३ छोरा र ३ छोरी छन् । स्वर्गीय वलीको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिन लागिएको परिवारले जनाएको छ ।

मसालका पुराना नेता गुरुङको निधन

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का पुराना नेता खगुलाल गुरुङको १०४ वर्षको उमेरमा निधन भएको छ । नेता गुरुङको निधनप्रति मसालका महामन्त्री मोहनविक्रम सिंहले दुःख प्रकट गर्दै पार्टी र सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्वलाई गुमाउन पुगेको जनाएका छन् ।गुरुङ वि.सं. २००७ साल देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका उनी लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रहँदै आएका

पेरुका कम्युनिस्ट नेता गोन्जालोको निधन

काठमाडौँ । पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन गोन्जालोको जेल जीवन बिताइरहँदा ८६ वर्षको उमेरमा निधन भएको छ । १९९२ मा समातिएका उनले राज्यबाट आतङ्ककारीको रुपमा सिङ्गो जीवन जेलमै बिताए । हिजो (शनिबार) सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । संसारभर चर्चा पाएको पेरुको कम्युनिस्ट आन्दोलन साइनिङ पाथ को नेतृत्व गरेका गोन्जालो सशस्त्र […]

पेरुका विद्रोही नेता गोञ्जालोको निधन

एजेन्सी । पेरुमा तीस वर्षदेखि कारागारमा राखिएका कम्युष्निट नेता अबिमल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरुमा नयाँ जनवादी ब्यवस्थाका लागि गुरिल्ला युद्ध गरिरहेका गुजम्यानलाई त्यहाँको तत्कालिन सरकारले पक्राउ गरी आजीवन कारावासको सजाज दिएको थियो । कारागारमै लामो समयदेखि विरामी रहेका उनको उपचारका क्रममा सैनिक अस्पतालमा निधन भएको हो । विश्वका कम्युनिष्टहरुबीच गोञ्जालो […]

आज कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औं स्मृति दिवस

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि राणाविरोधी चेतना जागृत भएका पुष्पलालसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ मिलेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।रामेछापमा १९८१ असार १५ मा जन्मिएका श्रेष्ठको २०३५ साल साउन ७ गते निधन भएको थियो।

युवा नेता नवराज शंकरको निधन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यालय सचिव तथा जिल्ला बाल संगठन अध्यक्ष ३४ वर्षीय नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ।...