निर्वाचन लक्षित प्रशिक्षणमा माओवादी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन लक्षित प्रशिक्षण सुरु गर्ने भएको छ । शनिबार पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले साउनदेखि सबै प्रदेशमा सङ्घीय र प्रदेश निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

दलहरूको घोषणापत्र : शासकीय स्वरूप र निर्वाचन प्रणालीमाथि प्रश्न

नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषय दलहरुले जोडतोडका साथ आफ्नो घोषणापत्रमा समेटेका छन् । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गर्ने क्रममा दलहरुले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषय उठाएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन प्रणालीमा सुधार गर्ने विषयलाई उठाएको छ । तर, संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली

द्वन्द्वकालका घटनाप्रति लक्षित गर्दै अध्यक्ष दाहालमाथि रवीन्द्र मिश्रकाे आक्रोश

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोश पोख्नुभएको छ । राप्रपाले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले माओवादी सशस्त्र द्वन्द्व क्रममा भएका घटनाप्रति लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि आक्रोश पोख्नुभएको हो । […]

अखिल क्रान्तिकारीको कार्की समूहले बनायो केन्द्रीय निर्वाचन परिचालन समिति

६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीको पवन कार्की समूहले आसन्न निर्वाचनलाई लक्षित गरी केन्द्रीय निर्वाचन परिचालन समिति घोषणा गरेको गरेको छ । १२ हजार ५०१ जना कमाण्डर रहेको भनिएको निर्वाचन परिचालन समितिले निर्वाचनमा हुने जाल, झेल र षडयन्त्रलाई परास्त गर्ने कार्की समूहको दाबी छ । समानान्तर गतिविधि गर्दै आएको सो समूहका […]

अखिल क्रान्तिकारीले बनायो निर्वाचन परिचालन समिति

६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अलिख क्रान्तिकारीको विद्रोही समूहले आसन्न चुनाव लक्षित निर्वाचन परिचालन समिति घोषणा गरेको छ । समूहका प्रवक्ता उपदेश यावदका अनुसार १२ हजार ५०१ जना रहेको समिति घोषणा गरिएको हो । विद्रोही समूहका संयोजक पवन कार्कीको संयोजकत्वमा समिति बनाइएको हो । समितिले माओवादी केन्द्रका उम्मेदवार जिताउन अभियान चलाउने बताएको […]

निर्वाचन आयोगले चुनाव लक्षित टिकटक प्रतियोगिता गर्ने

काठमाडाैं। निर्वाचन आयोगले चुनाव लक्षित टिकटक प्रतियोगिता गर्ने भएकाे छ। गोरखा २ का लागि माओवादी अध्यक्ष प्रचण्डको प्रतिबद्धता पत्र सार्वजनिक भएकाे छ।भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने भएकाे छ। मानव सेवा आश्रमको लागि नेपथ्यले १० शहरमा कन्सर्ट गर्ने भएका छन्।चाडपर्वमा सुनको कारोबार बढी हुँदा बजारमा सुनको अभाव भएकाे छ।

प्रचण्डद्वारा निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएकाे छ । गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका प्रचण्ड’ले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गर्नुभएकाे हाे । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उहाँले योजनाहरु सार्वजनिक गर्नुभएकाे […]

चितवनमा प्रचण्डको चुनाव लक्षित दौडधुप

१९ भदौ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लक्षित दौडधुप बढाएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा दोस्रोपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका प्रचण्डले पूर्वाधार कार्यक्रमको शिलान्यास तथा उद्घाटनलाई निकै प्राथमिकता दिएका छन् । ८ भदौमा वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई […]

माओवादी अध्यक्ष प्रचण्ड सुर्खेतमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलागि अध्यक्ष प्रचण्ड आज विहान सुर्खेत गएको सचिवालयले जनाएको छ।  कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अघि अध्यक्ष प्रचण्डले गत बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशि

निर्वाचन लक्षित कार्यक्रममा सक्रिय म्याग्दीका राजनीतिक दल

म्याग्दीका क्रियाशिल राजनीतिक दलले सक्रियता बढाएका छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि म्याग्दीका राजनीतिक दलहरूमा सक्रियता बढेको छ । जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति घोषणासंगै निर्वाचन लक्षित कार्यक्रम बनाउन वडा–वडाका कमिटीसँग भेटघाट र मत सर्वेक्षणलाई तिव्रता […]