प्रचण्डद्वारा निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएकाे छ । गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका प्रचण्ड’ले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गर्नुभएकाे हाे । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उहाँले योजनाहरु सार्वजनिक गर्नुभएकाे […]

सम्बन्धित सामग्री

हट्यो निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।‘गत साउन १९ गते नेपाल सरकार र मन्त्रिपरिषद्को निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

काठमाडौं : निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले  दुई दिन  सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ।मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। निर्वाचन आयोगले तीन दिन बिदाको प्रस्ताव गरेको थियो।

दलहरूको घोषणापत्र : शासकीय स्वरूप र निर्वाचन प्रणालीमाथि प्रश्न

नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषय दलहरुले जोडतोडका साथ आफ्नो घोषणापत्रमा समेटेका छन् । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गर्ने क्रममा दलहरुले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषय उठाएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन प्रणालीमा सुधार गर्ने विषयलाई उठाएको छ । तर, संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली

‘शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन’

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार पार्टीको चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा उक्त दलले आगामी पाँच वर्षलाई लक्षित गर्दै निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो । ८० पृष्ठ लामो प्रतिबद्धतापत्रको शीर्षक नै ‘समृद्धिका लागि क्रमभंगता’ राखिएको छ। प्रतिबद्धतापत्रमा विगतमा गरिएका प्रतिबद्धतालाई दोहोर्‍याउनेदेखि कतिपय […]

‘शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा उक्त दलले आगामी पाँच वर्षलाई लक्षित गर्दै निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो।...

निर्वाचन आयोगले चुनाव लक्षित टिकटक प्रतियोगिता गर्ने

काठमाडाैं। निर्वाचन आयोगले चुनाव लक्षित टिकटक प्रतियोगिता गर्ने भएकाे छ। गोरखा २ का लागि माओवादी अध्यक्ष प्रचण्डको प्रतिबद्धता पत्र सार्वजनिक भएकाे छ।भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने भएकाे छ। मानव सेवा आश्रमको लागि नेपथ्यले १० शहरमा कन्सर्ट गर्ने भएका छन्।चाडपर्वमा सुनको कारोबार बढी हुँदा बजारमा सुनको अभाव भएकाे छ।

निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्देशन

काठमाडाैं।सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिइएकाे छ।कात्तिक १८ गते पछि मात्रै निर्वाचन लक्षित सभा–सम्मेलन गर्न पाइने भएकाे छ।निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्वाचन आयोगले निर्देशन दिएकाे छ। इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थपि गरिएको छ।तापक्रम घट्दा देशैभर चिसो बढ्न थालेकाे छ।

कांग्रेस बाँकेको स्थानीय निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक

२१ वैशाख, नेपालगञ्ज। नेपाली कांग्रेस बाँकेले आसन्न स्थानीय तहको निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । ‘घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ भन्ने नाराका साथ सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले स्वास्थ्य क्षेत्रलाई प्राथिमकता दिएको छ । कांग्रेसको घोषणापत्रमा गाउँ तथा नगरपालिकाभित्र रहेका सबै वडामा आभारभूत स्वास्थ्य सेवा केन्द्रको भौतिक संरचनालाई सुधार गरी स्तरउन्नति गरिने उल्लेख छ […]

निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन […]