व्यक्तिगत विवरणको तथ्यांक राख्ने र अद्यावधिक गर्ने निकायहरूले दिएको प्रमाणका आधारलाई नै नेपाली सेनाले पालना गर्ने प्रधानसेनापति प्रभुराम शर्माले स्पष्ट पारेका छन् । जन्ममिति विवाद आएपछि राजीनामा गरेका उपरथी ताराध्वज पाण्डे र हालै मात्र रथीमा बढुवा भएर प्रधानसेनापतिको लाइनमा रहेका अशोक सिग्देलको जन्ममिति विवादबारे प्रधानसेनापति शर्माले स्पष्ट पारेका हुन् ।