संखुवासभा : संखुवासभामा प्रतिनिधिसभाका सदस्यका लागि पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ।मैदानमा पुरानै अनुहार भएकाले मतदातालाई नयाँपनको महसुस भएको छैन। मंसिर ४ गते निर्वाचनमा प्रतिनिधिसभाका सदस्यका लागि नेकपा एमालेका राजेन्द्रप्रसाद गौतम र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका दीपक खड्काबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेका गौतम र काँग्रेसका खड्का तेस्रोपटक चुनावी मैदानमा छन्।२०७० सालको निर्वाचनमा काँग्रेसका खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए भने २०७४ को निर्वाचनमा एमालेका गौतमले काँग्