हेलिकप्टरमार्फत घाइते महिलाको उद्धार

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाइँको पहलमा एक घाइते महिलाको उद्धार गरिएको छ । उत्तर गोरखाको चुननुब्री गाउँपालिका विही गाउँमा ढुङ्गाले लागेर गम्भीर घाइते भएकी २१ वर्षीय छानी गुरुङलाई आज हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको हो । घाइते गुरुङको अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । […]

सम्बन्धित सामग्री

गम्भीर घाइते महिलाको हेलिकप्टरमार्फत उद्धार

दार्चुलामा भीरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उद्धार गरिएको छ । मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट बस्ने ३४ वर्षीया लक्ष्मी लोहारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

चितुवाको आक्रमणमा महिला घाइते

कैलालीको घोडाघोडी नगरपालिका–८ को लुटवा सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला घाइते चितुवाको आक्रमणमा परेकी छन् । गोली लागेर घाइते चितुवा र महिलाको उद्धार गरिएको छ ।

हिउँमा चिप्लिएर घाइते भएकी महिलाको उद्धार

घरको छतमा चिप्लिएर घाइते भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । पशुवस्तुका लागि जम्मा गरेको घाँस लिन घरको छतमा जाने क्रममा हिउँमा चिप्लिएर हुम्लाको नाम्खा गाउँपालिका-५ तुम्कोटकी ५८ वर्षीया छिरिङ्वा तामाङ घाइते भएकी थिइन् ।

जलेर गम्भीर घाइते भएकी महिलाको उद्धार

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गरेका छन् । डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगेर मन्त्री आलेले उपचारका लागि रकम प्रदान गर्नुभएको उनका प्रशासन सहायक भक्त आलेले जानकारी दिए ।अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।