जलेर गम्भीर घाइते भएकी महिलाको उद्धार

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गरेका छन् । डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगेर मन्त्री आलेले उपचारका लागि रकम प्रदान गर्नुभएको उनका प्रशासन सहायक भक्त आलेले जानकारी दिए ।अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।