काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ गीत सुनाउँदै गर्दा एकाएक भावुक बने। शनिबार उनी मिस धरानका प्रतिस्पर्धीसहित वृक्षारोपणका लागि सर्दु खोला किनार पुगेका थिए। उनको अगुवाईमा धरान आसपासका क्षेत्रमा हिजोआज वृक्षारोपण भइरहेको छ। वृक्षारोपण सकिएपछि सम्बोधन गर्ने क्रममा मेयर राईले आफूले लेखेको गीत सुनाएका थिए। मेयर साम्पाङ गीत लेखेर आफैँ संगीतसमेत भर्छन्।