१० बुँदे सहमतिको आधारमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने माधव नेपाल पक्षको निर्णय, ४ बुँदे प्रस्ताव पारित गर्दै सकियो बैठक

असार २७ गते भएको १० बुँदे सहमतिलाई एकताको आधार मान्दै थप प्रयास गर्ने निर्णय गर्दै नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटीे बैठक सकिएको छ ।  ४ बुँदे निर्णय गर्दै बैठक सकिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । बिहीवारदेखि शुरू भएको बैठकले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेकोमा स्वागत गरेको छ ।  बैठकले १० बुँदे सहमतिको भावनाविपरीत वरिष्ठ नेता नेपालमाथि अनेकौँ टिप्पणी गरिएकोमा विरोध जनाएको छ । बैठकले पार्टी एकताको लागि वार्ता चलिरहेको समयमा अधिवेशन र सदस्यता नवीकरणको काम ...

सम्बन्धित सामग्री

१० बुँदे भनेर ओलीसँग गएका नेताको हरिबिजोग भयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै एमालेमै रहेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका छन् ।  एकीकृत समाजवादीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको चावहिलमा आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेमै रहेका नेताको ओलीकै कारण हरिविजोग भएको बताएका हुन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गर्‍यो भने मात्रै स्याबासी पाउने नभए हरिविजोग हुने अवस्था रहेको नेपालले बताए ।  ‘ओलीको...

ओलीको ट्याउँ-ट्याउँ सुन्नुभएको छ नि ! १० बुँदे भन्ने कस्तो हरिबिजोग : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौं-सिन्धुपाल्चोक सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीले आफ्नो आदेशको पालना गर्‍यो भने स्याबास भन्छन्। उ बस्न पाउँछ। आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको? भन्छन्। सुन्नुभएको छ नि १० बुँदेको ट्याउँ-ट्याउँ।’पार्टी विभाजनको क्रममा १० बुँदे सहमति भनेर आफ्नो साथ छाडेको तेस

१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छ : माधव नेपाल

६ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए । ‘…आदेशको पालना गर्‍यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने […]

एमालेले १० बुँदे सहमित कार्यान्वयनमा लैजाने, माधव नेपाल के गर्लान ?

नेकपा (एमाले) ले पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कार्यदलमा सहभागी रहेका एकता पक्षधर नेताबीच आइतबार बालकोटमा भएको छलफलमा कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको हो । सहमति कार्यान्वयनका लागि भोलि मङ्गलबार पार्टीको स्थायी …

माधव नेपाललाई ‘छाडेका’ नेताहरुको ओलीलाई अपील : १० बुँदे अक्षरश: कार्यान्वयन गर

३ भदौ, काठमाडौं । माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् । माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरुले सहमतिको अक्षरश: कार्यान्वयनमा जोड दिएका हुन् । २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने […]

एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने

बैठकमा १० बुँदे सहमति र वार्ताको विषयमा विघटित कार्यदलका संयोजक भीम रावलले व्याख्या गर्नुभएको पन्तले जानकारी दिनुभयो ।

एमालेकाे आज बस्ने स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमाेदन गर्ने

काठमाडाैं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक आज बोलाइएको छ । दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा  माधव पक्षका नेताहरु पनि सहभागी हुने छन् । विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ । माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक […] The post एमालेकाे आज बस्ने स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमाेदन गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

‘१० बुँदे सहमति प्रतिगमनको दस्ताबेज भन्दै अस्वीकार गर्न आग्रह’

नेकपा एमालेको माधव नेपाल पक्षका नेता विजय पौडेलले १० बुँदे सहमतिलाई प्रतिगमनको दस्ताबेज भएको टिप्पणी गरेका छन् । उनले आइतबार राति गरेको ट्वीटमा १० बुँदे प्रतिगमनको दस्ताबेज भएकाले स्वीकार गर्न नहुने जिकिर गरेका हुन् । उनले १० बुँदे अस्वीकार गर्न आग्रह गर्दै भनेका छन्, ‘प्रतिगमनको दस्ताबेज, प्रतिगमनको स्वागत नगर्नुस् ।’ उसो त नेता माधव नेपालले पनि सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।